दाङ । राष्ट्रिय जनमोर्चा दाङका अध्यक्ष गणेश आचार्यले चाडपर्वको नाममा हुने विकृति अन्य हुनेपर्ने आवश्यकतामा जोड दिनुभएको छ ।
राजमो बङगलाचुली गाउँपालिका वडा नम्बर ४ को आयोजनामा कार्तिक ८ गते सम्पन्न चाडपर्व मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो अभिव्यक्ति दिनुभएको हो ।
सो अवसरमा सम्बोधन गर्दै उहाँले चाडपर्वलाई शालिनतापूर्वक मनाउनुपर्ने बताउनुभयो । अहिले कोरोना सङ्क्रमणका कारण चाडपर्व शारीरिक दुरी कायम राख्दै मनाउनुपर्ने बाध्यात्मक अवस्था आइपरेको बताउँदै उहाँले त्यसो नगरे कोरोना सङ्क्रमणले अरू भयावह रूप लिन सक्ने बताउनुभयो ।
कार्यक्रममा अखिल नेपाल जनजाति सम्मेलनका जिल्ला अध्यक्ष रामबहादुर घर्ती, अखिल नेपाल युवक सङ्घ घोराही नगर समितिका उपाध्यक्ष सुमन घर्ती, राजमो बङ्गलाचुली गाउँपालिका अध्यक्ष भिमबहादुर थापा, कोषाध्यक्ष भिमनिधि तिवारी, सहसचिव हुकुम तिवारी, राजमो ४ नम्बर वडाका सचिव मिनराज पौडेल, वडा नम्बर ३ प्रतिनिधि हुकुम राना, अखिल नेपाल युवक सङ्घ ४ नम्बर उपाध्यक्ष रामबहादुर घर्ती, सचिव कमल घर्ती लगायतले मन्तव्य राख्नुभएको थियोे ।
४ नम्बर वडाध्यक्ष सूर्यबहादुर खत्रीको अध्यक्षतामा भएको उक्त कार्यक्रमको सञ्चालन अखिल नेपाल युवक सङ्घ बङ्गलाचुली गाउँपालिकाका सचिव यमबहादुर घर्तीले गर्नुभएको थियोे ।
कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी राष्ट्रिय जनमोर्चामा प्रवेश गर्ने काम पनि भएको थियो ।
















