स्थापना दिवस सहित देउँसी भैलो समापन

हैदरावाद । मूल प्रबाह अखिल भारत नेपाली एकता समाजको ४०औं स्थापना दिबसको अबसरमा उत्तर, मध्य र दक्षिण हैदराबाद नगर समितिको संयुक्त आयोजनामा देउसी भैलो प्रदर्शन सहित सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा केन्द्रीय सचिव प्रेम पौडेलको प्रमुख आतित्थ्यता रहेको थियो । पौडेलले कार्यक्रमलाई सम्बोधन गर्दै मूल प्रवाहले भारतमा रहेका नेपाली श्रमजिवि जनतालाई प्रबासमा आइपर्ने विभिन्न समस्याहरुको समाधान गर्ने, उनीहरुको हकहित र उत्थानको लागि निरन्तर आवाज उठाउँदै आइरहेको बताउनु भयो । “त्यति मात्र नभई देशभित्र चल्ने गरेका विभिन्न समयका जनतन्त्रिक आन्दोलनमा सहयोग, समर्थन जनाउँदै आइरहेको छ ।” पौडेलले भन्नु भयो– “त्यसका साथै हालै भारत सरकारले पूर्वोत्तर भारतमा लागु गरेको राष्ट्रिय नागरिकता पन्जिकरण (एनआरसी)का दौरानमा नेपाली भाषीहरुमाथि भइरहेको भेदभावका विरुद्धमा समेत एकता समाज संघर्षरत रहेको छ ।”

केन्द्रीय सचिव प्रेम पौडेल

कार्यक्रममा केन्द्रीय सदस्य रामप्रसाद आचार्य, खिमबहादुर विक, केन्द्रीय सदस्य तथा महिला केन्द्रीय संयोजक फुलबिना पौडेल, क्षेत्रीय अध्यक्ष रामप्रसाद पौडेल, महिला क्षेत्रीय विभाग कि सचिव पुष्पा पौडेल, विद्यार्थी क्षेत्रीय कोषाध्यक्ष सितल विक, रक्तिम क्षेत्रीय बिभाग कि कृष्ण कुमारी विक, रक्तिम केन्द्रीय बिभागका झलक पुनले मन्तब्य राख्नु भएको थियो ।

कलाकारहरुले भव्य साँस्कृतिक कार्यक्रम प्रस्तुत

कार्यक्रम मोहनलाल शर्माको सञ्चालन, बिरबहादुर विकको अध्यक्षता र राजु दुलालको स्वागत मन्तव्य तथा कलाकारहरुले स्वागत गितबाट अगाडि बढेको थियो । कार्यक्रमको अन्त्यमा रक्तिमका क्षेत्रीय कलाकारहरुले भव्य साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार