खिमराज चालिसे ।।
रोपड, ३० अक्टुवर । गत एकसाता देखि रोपडबाट हराएका प्रेम सागर सापकोटा मृत फेलापरेका छन् । उनको शव पंजावको मोरिन्डाको नहरमा आज फेला परेको मूल प्रवाह रोपडले जनाएको छ । उनले डिप्रेशनको कारणले आत्महत्या गरेको हुनसक्ने अनुमान गरिएको छ ।
सापकोटाको शव पंजाव पुलिसले आफ्नो कव्जामा राखेको छ । मृतकका श्रीमती, छोरा र छोरीद्धारा सनाखत पश्चात शवको पोस्टमार्टम गरि परिवारलाई हस्तान्तरण गरिएको पञ्जाब पुलिसले जनाएको छ ।
मूल प्रवाह रोपड नगर अध्यक्ष मनिराम सापकोटाले दिएको जानकारी अनुसार मूल प्रवाहका कार्यकर्ताहरु, परिवार तथा आफन्तहरुको सहभागितामा प्रेम सागर सापकोटाको शवको आजै दाहसंस्कार पनि गरिएको छ ।
मृतक मूल प्रवाहको रोपड नगर समिती द्धारा संचालित नुहोकलोनी एरिया समितिको क्रियाशील सदस्य पनि हुनुहुन्थ्यो ।
वहाँ बाग्लुङ जिल्ला, जैमुनी नगरपालिका दमेक, चैरागमा जन्मिनु भएको थियो र केही वर्ष पहिला नबलपुर जिल्लाको गैडाकोटमा वसाइ सर्नु भएका मृतक प्रेम सागर सापकोटाका एक छोरा, एक छोरी र श्रीमती छन् ।
















