खिमराज चालिसे,
चंडिगढ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सुदूरपश्चिमोत्तर क्षेत्रीय महिला विभाग सदस्य चन्द्रकला सोमारेलाई मातृ शोक परेको छ ।
चन्द्रकलाका आमा एवं क्षेत्रीय सल्लाहकार तारा सोमारेकी सासु आमा लिलाकुमारी घर्तीको ६९ वर्षको उमेरमा शुक्रबार निधन भएको छ ।
पाल्पाको रिब्दिकोट गाउँपालिका–४, भैरवस्थान फूलवारी निवासी लिलाकुमारी घर्तीको फोक्सोमा क्यान्सर देखिएकोले केही दिन पहिला भरतपुर हस्पिटलमा अप्रेसन भएको थियो ।
लिलाकुमारीको निधनप्रति मूल प्रवाह सुदूरपश्चिमोत्तर क्षेत्रीय समितीले हार्दिक श्रद्धाञ्जलि अर्पित गर्दै शोक(सन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ ।
















