- जनक राज पौडेल
अरोहअवरोह झेल्दै
४२ बर्ष पुगिसके छौ
कहिले उमङ्ग
कहिले कठिन सामाना गर्दै
जाल झेल षडेन्त्रका तानावाना
चिर्दै, ठेगान लगाउदै
निरन्तर मजदुरहरुको
पक्षमा लड्दै
भारतमा मात्र सिमित रहेनौ
विश्व भरि झाङ्गिदै गयौ
संसार भर छरिएका मजदुर
उत्पिडनमा परेका, सास्ती खेपेका,
बिचल्लीमा परेका
अपहेलित, अमानविय जिवन सहँदै,
निरास, आधारविहिन महशुष हुँदा
अभिभावकत्व पुरा गर्दै
आधारको केन्द्र बन्दै आयौं
मजदुरको मूटुको ढुकढुकी बन्दै
असाय हरुलाई न्यानो काख दियौं
तिमि मजदुरहरुको पृय बन्दै
सबैको प्ररेणाको स्रोत बन्यौं
त्यसैले
तिम्रो ४२औ जन्मदिवशको
हार्दिक शुभकामना ।
प्रवासका शहर, विकट, बस्ती
पहाडका शिर, समथर मैदान
कोईलाखानीका सुरुङ
दलालको फन्दामा परेर
नारकिय जिवनमा बाध्य पारिका
हिमालका छोरी
होटल कोठरीमा प्रताडित
अवोध चिचिला वालवालिका
देश फर्किदै गर्दा
बाटो घाटो रेलमा लुटिने
मजदुरहरु
विभिन्न प्रपञ्च रचि मुद्धामा
फसाईएका मजदुर,
समर्पित बन्दै,
न्यायको आवाज बोकी
जिवन रक्षा गर्दै
समाजले हेर्ने कु–दृष्टिको विरुद्ध
नेपाली चेलिहरुलाई स्थापित गर्दै
आत्मसम्मानको चेतना जगाउँदै
तमाम जोखिम्,अप्ठारा व्यबधान पन्छाउँदै
निर्भिकताका साथ लड्दै
लुटेरा दलाल र मजदुरमाराको
आँखाको कसिङ्गार बन्दै
पिडितहरुको आँखाको नानी
त्यसैले
तिम्रो निरन्तर यात्रा अरु खाँचो छ
एकताको माला कहिल्यै नटुटोस्
रङ्गि चङ्गि फुलले सुगन्घ फैलाउँदै
अन्यायको मैदानमा न्यायको सुवास छर्दै
सचेत र संगठित बन्ने चेतना भर्दै
मजदुर नेपाली विच दुवो सरि फैलिदै
एकताको आवाज संगठित गर्दै
जाल जेल सबै षडेन्त्र पहिचान गर्दै
एकता विरुद्ध लाग्ने संक्रमित रोगबाट
सावधानी अपनाउँदै
तिमि निरन्तर वढ्दै जाऊ
तिमीलाई जन्मदिनको हार्दिक शुभकामना ।
















