शुभकामना

रामप्रसाद पौडेल

अचेतन र अज्ञानताको जालो चेताउन
सामाजिक भाबनाको बाटो देखाउन
जन्मियौ तिमि १९७९ नोभेम्बर ७ मा
प्रबासी नेपालीको सहारा तिमि,
सबै तिम्रै साथमा
मूल प्रवाह तिमिलाई
चालिसौं बर्षको शुभकामना
सुतेका लाई ब्युझायौ,
ब्युझेकालाई जगायौ
आफ्नो कर्तव्य र जिम्मेवारीको
अनुभुती गरायौ
निरक्षरलाई साक्षर बनायौ,
साक्षरलाई शिक्षित बनायौ
आँखा नदेख्नेलाई देख्ने बनायौ,
संसारलाई चिन्ने बनायौ
को दुश्मन, को मित्र
चिन्न सक्ने बनायौं
वैरिको किल्ला माथि
वर्ग संघर्ष गर्दै धावा बोल्ने बनायौ
मूल प्रवाह तिमिलाई ……….

कसैले खोजे तिमिलाई निमोठ्न,
कसैले खोजे तिमिलाई पन्छाउन,
कसैले खोजे बद्नाम गराउन
त कसैले खोजे तर्साउन
तर तिमि कहिल्यै डगेनौ
गरिब दुखिका पिर मेटाउन
प्रवासी नेपालीहरुलाई
कुमार्गबाट सुमार्गमा फर्काउन
मूल प्रवाह……………

सधैं हुंकार ल्याइ हिंड्यौ
कोठी गल्ली बजारमा
चेतनाको दियो बाल्यौ
लखौ लाख हजारमा
अंधकार चिर्ने चम्किलो तारा बनेर आयौ
प्रबासमा हरेक नेपालीको मुटुको ढुकढुकी भयौ
मूल प्रबाह………

कति जन्मे, कति हुर्के
त्यो तिम्रो छहारीमा,
अनगिन्ती भमराहरु रम्दारैछन्
फेरी फुलबारीमा
फुल चुस्ने र छाडि हिड्ने अधिक देखिय
तिम्रो आफ्नै घरबारीमा
तर तिमि निरन्तर अटल छौ,
प्रवासी कै सहबारीमा
मूल प्रवाह ………

अझै तिमि लम्कदै जाउ
भबिस्य नै तिम्रो हो,
हातमा हात र काधमा काध
मिलाउने दायित्व हाम्रो हो,
सुनौलो संसार निर्माण गर्ने महासमरमा,
चेतनाको ढोका खोली चम्किलो संसारमा
पुग्ने लक्ष्य तिम्रो अटुट रहोस,
यहि छ शुभकमना,
यहि छ शुुभकामना,
मूल प्रबाह तिमाइलाई
४०औं बर्ष पुरा गरेकोमा
यहि छ शुभकाकाना ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार