मलेसिया नेपाली एकता समाजको पुनर्गठन, अध्यक्षमा गोबिन्द विष्ट

मलेसिया । मलेसिया नेपाली एकता समाजको पुनर्गठन गरिएको छ । आइतबार सम्पन्न भेलाले गोबिन्द विष्टको अध्यक्षतामा समाजको पुनर्गठन गरेको हो ।

यस्तै, जगत रसाइलीलाई उपाध्यक्षमा र केशव खनाललाई बरिस्ठ सल्लाहकारको जिम्मेवारी दिइएको छ । पुनर्गठित समितिका सबै पदाधिकारी सर्वसम्मत चयन गरिएको हो । बैठकमा महासचिव प्रेम शर्मा, सचिव लाल बहादुर थापा, कोषाध्यक्ष प्रेम कुमारी, सदस्य भक्तबहादुुर सुनार लगायतको उपस्थिति रहेको थियो ।

बैठकमा समाजका नेता ओलेट गोतामेले समाजलाई अझै ब्यबस्थिात पार्दै अघि बढाउनुपर्ने धारणा राख्नुभएको थियो । उहाँले मलेसियामा कोरोनाको अवस्था सहज हुनासाथ बैठक बसालि थप कार्यक्रम बनाउन समाजका पदाधिकारीहरुलाई आग्रह गर्नुभयो ।  बैठकले निबर्तमान उपाध्यक्ष बाबुराम भट्टराईलाई उहाँको योगदानका लागि धन्यवाद दिँदै सो पदबाट विदा गरेको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार