जालन्धर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति जालन्धर ले समाजको ४२ औं स्थापना दिवस मनाएको छ ।
सो अवसर पारेर आगामी जनवादी भैलोको तयारी समेत छ्लफल गरिएको केन्द्रीय सदस्य कुल बहादुर बगालेले जानकारी दिनुभएको छ ।
जितमान थापाको अध्यक्षता, दिल बहादुर गाहाको सञ्चालन र मधुकर भण्डारीको स्वागत मन्तव्यबाट कार्यक्रम अगाडि बढेको थियो । कार्यक्रममा केन्द्रिय स्दस्य कुलबहादुर बगाले, केन्द्रिय परिषद सदस्य धनबहादुर गोर्खाली र महिला क्षेत्रीय विभाग कि श्रीमति जमुना गाहा र जीवन नेपाली लगायतले आ–आफ्नो बिचार राख्नु भएको थियो ।
















