- अर्जुन विक, चण्ढिगड
शुभकामना साथी शुभकामना ।
२०७७ तिहारको शुभकामना ।।
धर्म, संस्कारले अलमल बनायो ।
मान्छे मान्छेले मान्छेलाई फरक बनायो ।।
उठौं सबै साथी हो संगठित हुँदै जाउँ ।
चेतनाको विकुल फुक्दै फुक्दै जाउँ ।।
जुनठाउँमा मान्छे जातले ठुलो भकोछ ।
त्यहीं ठाउँमा विकास होइन विनाश भएको छ ।।
प्रदेशका दाजुभाइ सोदेश जाउँ है फर्केर ।
नेपाल आमा पुकार छिन फर्क भनेर ।।
नेपाल आमा पुकारछिन मलाई बचाउ भनेर।
देश बचाउनु पर्छ साथी एकजुट भएर ।।
सामन्ती संस्कारले जाती प्रथा बनायो ।
मान्छे मान्छेमा विभेद फैलायो ।।
प्रकृतिले मान्छेमा भेदभाव गर्दैन ।
जातमा सानो ठुलो हुँदै हँुुदैन ।।
जातिय भेदभाव कसैले नगरौं ।
जात बदल्नु पर्दैन सोंच बदलौं ।।
विचारले ठुलो हुने चन्द्रमामा गयका छन् ।
जातले ठुलो हुने कंगाल भएका छन् ।।
















