सृजना बगाले,
जालन्धर, १८ नोवेम्वर । कोरोना महामारीको दौरानमा पनि उच्च मनोबलका साथ तिहारमा जनताको घरदैलोमा देउसीभैलोको शुभकामना दिदै राष्ट्रियता, जनतन्त्र र जनजीवीकाको सवालमा बुलन्द आवाज पार्न प्रवासका गल्ली वस्तीहरुमा परिचालित कार्यकर्ताहरुको मिहिनेत र आम नेपालीहरुको न्यानो समर्थन विच मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति जालन्धरले २०७७ को भैलो समापन कार्यक्रम भव्य रुपमा सम्पन्न पारेको छ ।
नेपाली संस्कृती तथा परम्परालाई झल्काउने देउसी भैलोको लागि नगरका कार्यकर्त्ताहरु परिचालन गरि शुरुका करिव दुइ सप्ताह जनताको घरदैलोमा पुगी स्थलगत रिपोर्ट तैयार पारेर शुरु गरिएको भैलो नगरका विभिन्न १० स्थानमा चारदिनसम्म एरिया स्तरिय सानो समुहमा देउसीभैलोको रुपमा कार्यकर्त्ता, समर्थक शुभचिन्तक र आम जनसमुदायहरु विच अति नै लोकप्रिय वनेको थियो, सो भैलोको समापन पनि उत्तीकै जोस जागर उमंग र हौसलाले भरिपुर्ण वातावरणमा हिजो राती करिव १२ वजे केन्द्रीय सदस्य कुलबहादुर बगालेको घर आगनमा सम्पन्न गरिएको हो ।
मधुकर भण्डारीको सञ्चालन तथा जितमान थापाको अध्यक्षतामा सम्पन्न समापन कार्यक्रममा प्रमुख अतिथी मूल प्रवाह केन्द्रीय परिषद सदस्य लक्ष्मण खड्काले गहकिला विचार सहित शुभकामना दिनुभएको थियो ।
वधाइ तथा शुभकामना दिने अन्य वक्ताहरुमा केन्द्रीय सदस्य कुलबहादुर बगाले, केन्द्रीय महिला विभाग सदस्य शुष्मा खडका, महिला क्षेत्रीय का.वा. संयोजक मिना बगाले, हिम प्रसाद सुनाम, दिलबहादुर गाहा, जमुना गाहा, मीना थापा, धनबहादुर गोर्खाली, वासुदेव पौडेल, जीवन नेपाली, माया परियार लगायतले आ–आफ्ना बिचार सहित शुभकामना मन्तव्य दिनुभएको थियो ।
यसैगरि नेपाली एकताका रिपोर्टर सृजना बगाले, नगर सचिव दिल बहादुर गाहा, सृजना थापा तथा कलाकारहरु लक्ष्मी परियार, शान्ति विक, अञ्जली सुनाम, अनिता सुनाम, कविता थापा, चादनी थापा, ज्ञानु थापा, विवेक थापा, शिखर गाहा, प्रकाश गाहा लगायतले स्पेसल मगर ड्रेस बनाइ भैलो खेल्नु भएको थियो ।
केन्द्रीय सदस्य कुल बहादुर बगालेले दिनुभएको जानकारी अनुसार ४ दिनको भैलोमा तिल बहादुर थापा, राम बहादुर दर्लामी, खेम बसेल, अमित बिक, चक्र बहादुर घर्ती, शेर बहादुर पुन, केशव खनाल, सञ्जित बस्याल, राजेन्द्र थापा र प्रबिन कुमारले सेनेटाइजर तथा माक्स प्रयोगमा गर्न र गराउन तथा मैसमा तिल बहादुर थापा, राम बहादुर बगाले, यम बहादुर थापा, राजेन्द्र थापाले खटिएर स्वयंसेवकको भुमिका निभाउनु भएको थियो ।
















