खिमराज चालिसे
संगरुर, १८ नोवेम्वर । भारत व्यापी मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको झंडामुनी भैलो खेल्ने क्रममा १७ नोवेम्वरका दिन सुदुर पश्चिमोत्तर क्षेत्रीय समिति अन्तर्गत संगरूर नगर समितिको आयोजनामा देउसी भैलो २०७७ भव्य रुपमा सम्पन्न पारिएको छ ।
कोरोना महामारीको कारण घरघर गइ देउसी भैलो खेल्न असम्भव भए पछि मूल प्रवाहका कार्यकर्ताहरु सहभागी भइ सामूहिक रुपमा भैलो कार्यक्रम सम्पन्न गरिएको हो ।
नगर उपाध्यक्ष नारायण प्रसाद भुसालको सञ्चालन तथा महिला नगर संयोजक लक्ष्मी खनालको अध्यक्षतामा सम्पन्न भैलोमा उपस्थिति सबैलाइै रामु खनालले स्वागत गर्नुभएको थियो ।
भैलो कार्यक्रममा धन बहादुर विक, विन्दु मरासीनी, सरिता भुसाल, हेमन्त मरासीनी र अमृता खनाल लगायतले शुभकामना दिनु भएको थियो । वक्ताहरुले प्रवासमा पनि हाम्रो संस्कृती र सभ्यता चीनाउँदै त्यसप्रति नयाँपिढीलाई पनि आकर्षीत पार्ने र भैलोको माध्यामबाट संगठनको आर्थिक पक्ष मजवुत पार्नु नै भैलोको उद्धेश्य भएको धारणा राख्नुभएको थियो ।
त्यसपछी नगर समितिका कार्यकर्ताहरुले वेजोड भैलोको प्रस्तुति दिइएको महिला संयोजक लक्ष्मी खनालले जानकारी दिनुभएको छ ।
















