नयाँ दिल्ली, २१ नोवेम्बर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय समिति अन्तर्गत केन्द्रीय साँस्कृतिक विभागको आयोजनामा सैद्धान्तिक प्रशिक्षण कार्यक्रम सम्पन्न पारिएको छ ।
मोहराज चालिसेको सञ्चालन र छविलाल सापकोटाको अध्यक्षताबाट अगाडि बढेको सो कार्यक्रमा नेकपा (मसाल)का प्रवक्ता रामप्रकाश पुरी, मूल प्रवाहका केन्द्रीय अध्यक्ष दुर्गा बहादुर केसी, महासचिव ठाकुर खनाल, उपाध्यक्ष कपिल खनाल, जातिय समता समाजका केन्द्रीय सल्लाहकार राजेश विक, रक्तिम साँस्कृतिक अभियानका अध्यक्ष रेम रानाको आतित्थ्यता रहेको थियो ।
ज्ञात अज्ञात शहिदहरुको संझनामा एक मिनेट मौनधारण पछि रिम रानाले कार्यक्रममा सहभागिहरुलाई स्वागत गर्नुभएको थियो ।
कार्यक्रममा कला, साहित्य र सैद्धान्तिक पक्षको बारेमा राम प्रकाश पुरी, रक्तिम साँस्कृतिक अभियान र विभिन्न समयमा देखिएको विचलन बारे राजेश विक, कलाकार र उनीहरुमा हुनु पर्ने अनुशासन बारे रेम रानाले प्रशिक्षण दिनुभएको थियो ।
कार्यक्रमको अन्तमा प्रशिक्षार्थीहरुबाट प्रश्नउत्तर तथा जिज्ञाशाहरु राखिएको थियो ।
















