शुभकामना आदानप्रदान कार्यक्रमको समिक्षा तथा समापन

खिमराज चालिसे

चंडिगढ, २२ नोवेम्वर । कोरोना महामारीको समयमा मूल प्रवाहका कार्यकर्ताहरु सहभागी हुने गरि ०७७ को तिहारको शुभकामना आदानप्रदान कार्यक्रमको समिक्षा सहित समापन कार्यक्रम सम्पन्न गरिएको छ ।
नगर अध्यक्ष मान बहादुर केसीको अध्यक्षतामा नगर सचिव तेज बहादुर रोकाद्धारा संचालन गरिएको सो कार्यक्रममा विभिन्न अतिथिहरुको आशन ग्रहण पछि ज्ञात अज्ञात शहिदहरुप्रति एक मिनट मौनधारण पश्चात नगर उपाध्यक्ष वालाराम न्यौंपानेले स्वागत गर्नु भएको थियो ।
समारोहमा तिहारको समयमा भैलो खेल्न नसके पनि शुभकामना आदान प्रदानको समयमा कार्यकर्ताब समर्थक, शुभचिन्तकहरुको आर्थिक, नैतिक, भौतिक सहयोगको विषयमा नगर कोषाध्यक्ष किसन खनालले स्पष्ट पार्नुभएको थियो ।
मूल प्रवाहका केन्द्रिय सदस्य दिनेश खडका, केन्द्रीय सल्लाहकार एंव नेपाली समाचार संयोजक खिमराज चालिसे, सुदुरपश्चिमोत्तर क्षेत्रीय सदस्य प्रेम आचार्य, महिला क्षेत्रीय सचिव जुना चालीसे, समता केन्द्रिय सदस्य बिनु नेपाली, महिला क्षेत्रीय सदस्य सिमा खडका, जनजाति विभागका थमन थापा, रक्तिम विभागका अर्जुन विक, विद्यार्थी केन्द्रीय सदस्य विष्णु वेल्वासे, नगर सचिव राम पंथी लगायतले मन्तव्य दिनुभएको थियो ।
जन अभियान सहितको शुभकामना आदानप्रदानको समिक्षा रिपोर्ट विभिन्न एरियाबाट प्रस्तुत गर्नुभएको थियो । जस अनुसार मोहाली एरिया अध्यक्ष बालाराम न्यौपाने, सिटि एरिया अध्यक्ष दुर्गा विक, पंचकुला एरिया अध्यक्ष सुरेश आचार्य, इन्डस्ट्रीयल एरिया सचिव थानेश्वर पाण्डे, मध्यसिटि एरियावाट विष्णु वेल्वासे हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार