छौँ हामी

सुरेशकुमार पाण्डे

बिदेशीहरुलाई मालिक गराएका छौँ हामी,
आफ्नै देशभित्र समेत हराएका छौँ हामी ।

रोटी कपडाको लागि संसार धाउँनेहरुले,
बिदेशी पहिरनलाई मन पराएका छौँ हामी ।
खालि गराई आफ्नो देशलाई आफैले पनि,
बिदेशीहरुलाई देशमा भराएका छौँ हामी ।

प्रगतिशिलको नाउँमा आज पनि कयौँले,
पश्चिमि छाडा संस्कारनै सराएका छौँ हामी ।
शान्ति र शु–ब्यबस्थाको नाउँमा धेरै जसो,
आफ्नै छोरा छोरीलाई मराएका छौँ हामी ।

परदेशमा काम दाम उसैले तोकेको गर्नुछ,
अर्का देशलाई नै बैतर्णि तराएका छौँ हामी ।
आफ्नो देश अतिकर्मण हुँदा पनि सधै भरी,
छिमेकि झण्डा बौडर मै फराएका छौँ हामी ।

बिस्तारै देशको भूमि बिदेशि नक्सामा पर्दा,
निन्द्रा खुलेर झसंगै भई कराएका छौँ हामी ।
यो खेल आजैको होत ? यो सेतेले प्रश्न गर्दछ,
अतिकर्मणको बिरोध गर्न डराएका छौँ हामी ।

२०५२ सालमा प्रेम सिंह धामीले खोले राज,
उनलाई निडर र देशभक्त ठह्राएका छौँ हामी ।
काला पानी लिपिया धुरा लिपु लेख मात्रै हैन,
तेईस जिल्ला मिचिँदा बरबराएका छौँ हामी ।।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार