अर्घाखाँचीको पाणिनीमा राजमोमा प्रवेश जारी, वडा नं २ मा समिति गठन

वसन्त खड्का,

अर्घाखाँची । अर्घाखाँचीको पाणिनी गाउँपालिकामा राष्ट्रिय जनमोर्चाप्रति आकर्षण बढ्दै गएको छ । पाणिनीका विभिन्न वडामा स्थानीय युवाहरु राजमोमा प्रवेश गरिरहेका छन् ।

यसैक्रममा वडा नं २ दमार पातलमा पार्टी प्रवेशपछि राजमोको वार्ड समिती गठन भएको छ । रुकबहादुर घर्तिको अध्यक्षतामा ७ सदस्यीय वडा समितिको गठन भएको हो ।

दमार पातालमा आयोजित एक कार्यक्रममा राजमो नेता केयरसिंह घर्तीले पार्टी प्रवेश गर्नेहरुलाई राजमोको सदस्यता दिएर पार्टीमा स्वागत गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार