बेंगलोरमा स्थापना दिवस मनाइयो

दक्षिण बेंगलोर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण बेंगलोर नगर समितिको आयोजनामा ४० औं स्थापना दिवस सम्पन्न पारिएको छ । नगर कोषाध्यक्ष रमेश विकको अध्यक्षता तथा शेरसिंह विकको सञ्चालनबाट कार्यक्रम अघाडी बढेको थियो । कार्यक्रममा शहिदहरुप्रति एक मिनेट मौनधारण पश्चात हरिश विकले स्वागत मन्तव्य दिनुभएको थियो ।

कार्यक्रममा क्षेत्रीय समितिका सहसचिव रामसिंह विक, नगर सदस्य करण दयाल, क्षेत्रीय प्रतिनिधी धर्म राम, महिला बिभाग कि मिना विक, साँस्कृतिक बिभागका गणेश विक, बिद्यार्थी बिभागका प्रकाश दयाल लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो ।

बेंगलोर उत्तर । मूल प्रबाह अखिल भारत नेपाली एकता समाज उत्तर नगर समिति बेगंलोरद्वारा ४०औ स्थापना दिवस भब्यता का साथ मनाइएको छ ।

नगर समितिका संस्थापक सदस्य राम सिंह जिएमको अध्यक्षता र कृष्ण नेपालीको सञ्चालनमा अघि बढेको कार्यक्रममा समितिका सदस्य देबबहादुर केसीले उपस्थित जनमानसलाई शब्द द्वारा स्वागत गर्नु भएको थियो ।

केन्द्रीय सदस्य तथा नगर समितिका अध्यक्ष मदन भण्डारीले भारतमा विभिन्न तह र तप्कामा काम गर्ने नेपालीहरुका जीवनमा आईपर्ने समस्याहरुमा एकता समाजले सहयोग पु¥याउँदै आएको बताउनु भएको थियो । बि.बि थापा, कृष्ण परियार, धर्म पहारी, सरास्वती केसी, सीता कुँवरले आ–आफ्नो मन्तब्य राख्नु भएको थियोे ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार