तिलक राना
हैदरावाद । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले भारतको हैदराबादस्थित मिडिचलमा दुर्घटनामा परी गम्भीर घाइते एक नेपालीलाई आर्थिक सहयोग गरेको छ ।
कास्की जिल्लाको पोखरा माहानगरपालिका–१९ लामाचौर भुनपरे निवासी बिरु सुनारकी श्रीमती बिबा सुनारलाई समाजले सहयोग गरेको हो ।
गत नोभम्बर १७ तारिखका दिन दुर्घटनामा परेकी बिबाका एउटा खुट्टा भाँचिएको छ भने अर्को खुट्टामा ठूलो चोट लागेको छ । साथै छातीको करङ पनि भाँचिएको छ । सिकिस्त अबस्थामा रहेकी उनको आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा समस्या भएको थाह पाएपछि मूल प्रवाहले आर्थिक संकलन गरी ११ हजार ८ सय रुपैयाँ प्रदान गरेको हो ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज उत्तर हैदरावाद नगर समितीद्वारा सञ्चालित हैद्रनगर एरिया समिती अन्तर्गत पर्ने बालानगर टोल समितिले ओसमानिया हस्पिटल पुगी सहयोग हस्तान्तरण गरेको मूल प्रवाहकी नेत्री माया थापाले जानकारी दिनुभएको छ ।
















