- हेम बिजी
निभि सक्यो निरंकुसता अब बाल्न सकिदैन
प्रतिगमन नचिच्चाउ गणतन्त्र ढाल्न सकिदैन
हजारौं सहिदको रगत बगाई ल्याको लोकतन्त्र
नलगाउ थोत्रा नाराहरु अग्रगमन फाल्न सकिदैन
भत्किएर गयो दुई सय अठ्तिस बर्षको स्वर्ग
मालिकको शिरमा फेरी श्रीपेज हाल्न सकिदैन
सत्र साल कहिल्यै फर्किदैन यो देशमा अब
नदेख सपना कु कदम फेरी चाल्न सकिदैन
उल्टो ईतिहास कहाँ घुम्दै जान्छ घरी घरी
पुरै च्यातिएको राजतन्त्र टाल्न सकिदैन
















