राजमो रोजौं

रबि पौडेल, पाण्डेचरी

ढलेको लाई उठाउन अब हिड्नु हुन्न
मसानघाटको राज्यसत्ता अब माग्नु हुन्न ।
नेपालको गणतन्त्र, कम्बोडिया होईन
मरेकोलाई ब्युँताउने दबाई यहाँ छैन ।

बिक्रिति र बिसँगति हटाउन राजा चाहिँदैन
राजा आउ देश बचाउ नारा सहि छैन ।
महेन्द्रले कालापानी सुम्पेको नभुलौं
राजा आए देश बच्छ भ्रममा नपरौ ।

रास्टघाति, भस्टचारी खोजि खोजि थुतौं
बेईमानिका पछि लागि सुतेर नबसौं ।
स्वच्छ छवि एउटा ब्यक्ति यहीँबाट पाउँछौं
समृद्धि र बिकासको गित अनि गाउँछौं ।

डलर र बिदेशीको ईसारामा नाच्ने
हामी शोषित दविएर कहिलेसम्म बाच्ने
मासु भात र पेट्रोलमा, सडकमा नजाउँ
राजा आउ देश बचाउ झुठो गित नगाउ ।

बिकृतिका ढोकाहरु धेरै हुन सक्छन्
कानुनका ठेलि पनि झुट्टा हुन सक्छन्
अन्यायमा न्याय माग्दा लाठि खानु पर्छ
पाको हाम्रो अधिकार बचाउनु पर्छ ।

छ दशकमा गणतन्त्र मरिमरि ल्याको
रगत र पसिनाको मूल्य खेरगाको
कलिलो छ गणतन्त्र जोगाउनु पर्छ
प्रतिगमन ल्याउने होईन भगाउनु पर्छ ।

त्यस्तो राजा यहाँ छैन देश बचाउन सक्ने
जान्दाजान्दै राजा ल्याई किन निरङ्कुसता रोज्ने
एउटा ब्यक्ति दलभित्रै हामीले खोजौं
सानो दल छ, राम्रो गर्छ राजमो रोजौं ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार