मूल प्रवाहद्वारा ऐक्यवद्धता सभा सम्पन्न

नयाँ दिल्ली । राष्ट्रियता, गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गरौं, संघीयता र भ्रष्टाचारको विरुद्धमा संघर्ष गरौं भन्ने मूल नारा अन्तर्गत राष्ट्रिय जनमोर्चाले देशव्यापि रुपमा सञ्चालन गरेको संघर्षको कार्यक्रमप्रति ऐक्यवद्धता प्रकट गर्दै मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय समितिको आयोजनमा अनलाईन सभा सम्पन्न पारिएको छ ।

समाजका अध्यक्ष दुर्गा बहादुर केसीको अध्यक्षता र उपाध्यक्ष कपिल खनालको सञ्चालनबाट अगाडि बढेको सो कार्यक्रममा सहभागिहरुलाई केन्द्रीय सचिव प्रेम पौडेलले स्वागत गर्नुभएको थियो ।

कार्यक्रममा अखिल नेपाल किसान संघ (अफ्फा) का केन्द्रीय अध्यक्ष भैरवराज रेग्मीको प्रमुख आतित्थ्यता रहेको थियो । प्रमुख अतिथि रेग्मीले देशमा विभिन्न प्रतिगामी शक्तिहरुको चलखेल बढिरहेको छ । नेपाली जनताको करिब ७० वर्षको संघर्षबाट प्राप्त उपलब्धिहरुलाई रक्षा गर्नु पर्नेमा जोड दिनुभएको थियो । रेग्मीले सम्पूर्ण देशभक्त जनतान्त्रिक शक्तिहरुलाई राष्ट्रियता, गणतन्त्र र धर्मनिरपेक्षाको रक्षा वर्तमानको प्रश्न सबैभन्दा ठूलो विषय भएको बताउनु भयो ।

राष्ट्रिय जनमोर्चाका नेता आनन्द शर्माले प्रतिगमनको खतरा नभएको बताएर कतिपयले प्रतिगमनलाई नै सेवा पुर्यारहेको बताउनु भयो । शर्माले भन्नु वर्तमानमा देशमा राजावादी शक्तिहरु सलवलाईरहेको अवस्थामा विदेशी शक्तिहरुले पनि चलखेल बढेको बताउनु भयो ।

त्यस्तै मूल प्रवाहका महासचिव ठाकुर खनालले देशमा भएका आम जनसरोकारसँग जोडिएको आन्दोलनप्रति मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको ऐक्यवद्धता रहँदै आएको छ । अगाडिको दिनमा पनि रहने खनालले बताउनु भयो ।

कार्यक्रममा विभिन्न क्षेत्रीय समितिका प्रतिनिधिहरुले क्रमशः महेन्द्र बस्याल, टंक कुँवर, रामप्रसाद पौडेल, वेदबहादुर कार्की, वेल बहादुर रजाली, विक्रमसिंह राणा, प्रेम सापकोटा, टेकप्रसाद कंडेल, केवी खड्का, हरि प्रसाद शर्मा, शोभखर पन्थ लगायतले मन्तव्य दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार