स्वतन्त्र उम्मेदवार घर्तीको शाहीलाई समर्थन

बागलुङ, २४ कार्तिक । बागलुङ जिल्ला प्रतिनिधि सभा क्षेत्र नं २ को प्रदेश निर्वाचन क्षेत्र नं ख मा यहि मिति २०७६ मंसिर १४ हुन गइरहेको उपनिर्वाचनमा प्रदेश सभा सदस्यका लागि स्वतन्त्र उम्मेदरवारी दिएका शेरमान घर्ती मगरले नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय जनमोर्चाको साझा बामपन्थी उम्मेदवार क. खिम विक्रम शाहीलाई समर्थन गर्ने बताएका छन् ।

घर्तीले आज प्रेस विज्ञप्ती जारी गरि आफूले २०७६ कार्तिक २१ गते स्वतन्त्र उम्मेदवारको रुपमा निर्वाचन कार्यालय बागलुङमा उम्मेदवारी दर्ता गरेता पनि विशेष कारणबस उम्मेदवारी फिर्ता लिने समय सकिएकोले नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय जनमोर्चाको साझा वामपन्थी उम्मेदवारको रुपमा रहनु भएका क. खिम विक्रम शाहिको पक्षमा पूर्ण समर्थन गर्दै स्वतन्त्र उम्मेदवारी नरहेको व्यहोरा जानकारी गराएका छन् ।

साथै सम्पूर्ण प्रदेश बासी जनसमुदायहरुलाई नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय जनमोर्चाको साझा बामपन्थी उम्मेदवार क. खिम विक्रम शाहीलाई गिलास चिन्हमा मतदान गरि विजयी गराउनका लागि हार्दिक अपिल समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार