काठमाडौँ । अखिल नेपाल महिला सङ्घले हिजो राष्ट्रपतिद्वारा विघटन गरिएको प्रतिनिधि सभा विघटनको माग सच्याउन माग गरेको छ । महिला सङ्घकी अध्यक्ष मीना पुनको हस्ताक्षरमा २०७७ पुस ६ गते जारी प्रेसवक्तव्यमा यस्तो माग गरिएको हो ।
सत्तारूढ दलभित्रको चरम गुटबन्दी, अन्तरविरोध र आपसी झगडा समाधान गर्न नसकेर जनप्रतिनिधि सभा विघटन गर्ने कार्यको विरोध गरिएको सो विज्ञप्तीको पूर्ण पाठ यस्तो छ–
“२०७६ पुस ५ गते मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिद्वारा गरिएको प्रतिनिधि सभा विघटनको कार्यको अखिल नेपाल महिला सङ्घले घोर विरोध र भत्र्सना गर्दछ ।
करिब दुईतिहाइ बहुमतप्राप्त सत्ताधारी दलभित्रको चरम गुटबन्दी, अन्तरविरोध र आपसी झगडालाई समाधान गर्न नसकेर जनताद्वारा निर्वाचित प्रतिनिधि संस्था प्रतिनिधि सभालाई विघटन गर्ने कार्य असंवैधानिक र अप्रजातान्त्रिक कदम हो ।
यस प्रकारको गलत कार्यले मुलुक गम्भीर प्रकारको गलत कार्यले मुलुक गम्भीर प्रकारको अस्थिरता र अराजकतातिर धकेलिने छ । यसको फाइदा प्रतिगामी शक्तिहरूले उठाउने छन् भने मुलुकमा विभिन्न साम्राज्यवादी शक्ति हावी हुने छ । जनताको आन्दोलनबाट प्राप्त उपलब्धिहरू गुम्ने खतरा बढ्ने छ । यस प्रकारको स्थितिमा महिलालगायत सम्पूर्ण जनवर्गका अधिकारको सवाल गौण हुने छ ।
त्यसकारण प्रतिनिधि सभा विघटनको कार्यलाई सच्याउन आवश्यक छ । यसका विरुद्धको आन्दोलनमा सहभागी हुन सम्पूर्ण जनसमुदायमा हार्दिक अनुरोध छ ।
















