पाण्डेचेरीमा ४०औं स्थापना दिवस मनाइयो

पाण्डेचेरी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति पाण्डिचेरीको आयोजनामा ४०औं स्थापना दिवश भब्यरुपमा मनाइएको छ ।

नगर अध्यक्ष तथा दक्षिण भारत क्षेत्रीय सचिवको जनकराज शर्माको अध्यक्षता, नगर सचिव गोविन्द शर्माको संचालन, शहिदहरुको संझानामा एक मिनेट मौनधारणबाट अगाडि बढेको सो कार्यक्रममा नगर सदस्य गंगाराम आचार्यले स्वागत मन्तव्य दिनुभएको थियो ।

केन्द्रीय परिषद सदस्य चन्द्रकान्त शर्मा, नगर उपाअध्यक्ष नरबहादुर केसी, मुदलियर पेट एरिया समितिबाट रवि पौडेल, सुर्यबहादुर गायक, समता विभागबाट विनोद गायक लगायतले मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको ईतिहास र बर्तमान महत्व बारे प्रष्टाउनु भएको थियो ।

त्यसै सन्दर्भमा नगर अध्यक्ष जनकराज पौडेलले नेपाली समाचारको अनलाईन संस्करण “नेपाली एकता” अप्लिकेशन गुगुल प्लेस्टोरबाट आजैबाट सार्वजनिक भएको जानाकारी गराउँदै संगठनका सबै शुभचिन्तकहरुलाई आ–आफ्ना मोवाईलमा डउन्लोड गर्न अनुरोध गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार