पाण्डिचेरी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति पाण्डिचेरीको आयोजनामा सर्वहारा बर्गका महान नेता जोसेफ स्टालिनको १४३औ जन्म दिवस, भब्यरुपमा सम्पन्न भएको छ ।
कार्यक्रममा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रिय समितिका सचिव तथा नगर अध्यक्ष जनकराज पौडेल, के.स सदस्य भगवति कुँवर, महिला नगर विभाग अध्यक्ष, विष्णु शर्मा, समता विभाग बाट सुर्य गायक,को आथित्यता रहेको थियो ।
शहिदहरुको सम्मानमा एक मिनेट मौनधारण पछि, उपस्थित जनमानसलाई नगर सदस्य गंगाराम आचार्यले शब्द द्धारा स्वागत गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै अथितिहरुले का. जोसेफ स्टालिनले सर्वहारा बर्गको पक्षमा दिएको योगदान र रुसको समाजबादी क्रान्ती, सोभियत सत्ता कूशलतापुर्वक नेतृत्व गर्दै लेनिनबादलाई ब्यावहारिकिकरण दिएको, त्यो सन्दर्भमा पुँजिबादी साम्राज्यबादका साथै दक्षिणपंथी अवसरबादसँग पेचिलो र निर्मम सम्झौताहिन संघर्षको स्मरण गर्दै, पँुजिबादको गर्वबाटै समाजबादी क्रान्ती जन्मिने अन्ततः सर्वहारा बर्गको राज्य ब्यवस्था स्थापनाको विकल्प नरहेको विश्वास ब्यक्त गर्नु भएको थियो । नगर सदस्य जमुना शर्मा, मुदलियर पेट एरिया समितिबाट पर्शुराम शर्माले कार्यक्रम सफलताको शुभकामना दिनुभएको थियो ।
कार्यक्रमको अध्यक्षता नगर सदस्य भद्रबहादुर जिसीले गर्नुभएको थियो भने सञ्चालन नर बहादुर केसी गर्नु भएको थियो ।
















