हैदरावादमा नेपाली उद्यमीहरुलाई सम्मान

तिलक राना,
हैदरावाद । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्य दक्षिण क्षेत्रीय समितिले हैदराबादस्थित नेपाली उद्धमी, व्यवसायीहरुलाई एक समारोह बीच सम्मान गरेको छ ।

मूल प्रवाह अखिल भारत नेपाली एकता समाजलाई अप्ठ्यारो परिस्थितिमा र कुनै पनि सहयोग अभियानलाई सहर्ष स्वीकार गरी सयहोग र समर्थन गर्दै आउनु भएका नेपाली उद्धमी तथा व्यापार व्यावसायीहरुलाई समाजले सम्मान गरेको हो । मूल प्रवाह क्षेत्रीय समितिका अध्यक्ष राम प्रसाद पौडेलले फूलमाला केन्द्रीय सचिव प्रेम पौडेलले उद्यमीहरुलाई सल ओढाई सम्मान गर्नुभएको थियो ।

कार्यक्रममा रन बहादुर पौडेल, कुल बहादुर रेशमी, नर बहादुर थापा, किष्ण बहादुर नेपाली, चन्द्र बहादुर राना, राजु पौडेल र अशोक बस्याललाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार