दिपावली तथा छठको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

नाडियाड । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिम भारत क्षेत्रीय समिति अन्तर्गत नाडियाड नगर समितिले दिपावाली तथा छठ पर्वको उपलक्ष्यमा शुभकामना आदन प्रदान कार्यक्रम सम्पन्न पारेको छ । खुल्ला हलमा भब्य र सानदार रुपमा सम्पन्न सो कार्यक्रमको सञ्चालन खगेन्द्र केसीले र अध्यक्षता नगर अध्यक्ष जगत बिष्टले गर्नुभएको थियो ।

ज्ञात अज्ञात शहिदहरुको संझनामा एक मिनेट मौनधारण पश्चात प्रमुख अतिथी मूल प्रवाह केन्द्रीय सदस्य भिमसिंह बिष्टले दिप प्रज्वलित गरि कार्यक्रमको उद्घाटन गर्नु भएको थियो । उद्घाटन मन्तव्यमा विष्टले भारत प्रवासमा छरिएर रहेका सम्पूर्ण नेपालीहरुलाई संगठित हुन आव्हान गर्नु भयो ।

मूल प्रवाहले भारतस्थित श्रमजिवी नेपालीहरु बीच पुर्याउँदै आएको योगदान र भूमिकाको बारेमा समेत विष्टले प्रकाशन पार्नु भएको थियो । “भारतमा विभिन्न खाले नेपाली संघ संस्थाहरु रहेता पनि श्रमजिवी नेपालीहरुको पक्षमा संघर्षरत संगठन केवल मूल प्रवाह हो ।” विष्टले भन्नु भयो– “मूल प्रवाहले भारत प्रवासमा छरिएर रहेका नेपालीहरुको पक्षमा निरन्तरत काम गर्दै आएकोले नै मूल प्रवाह आज सम्पूर्ण नेपालीहरुको मनको ढुकढुकी भएको हो ।”

कार्यक्रममा केन्द्रीय सदस्य तथा पश्चिम भारत क्षेत्रीय अध्यक्ष बेदबहादुर कार्की, केन्द्रीय समितिकी रमकला काउछा, क्षेत्रीय समितिका कृष्ण कुँवर, श्रीधर शर्मा, भुवन सिंह धामी कमला ढकाल, शोभा धामी, बिष्णु माया शर्मा, बिनिता काउछा, हरि सिंह काउछा, लब ठाकुर, लक्ष्मी कुँवर लगाएयतले शुभकामना मनतव्य दिनुभएको थियो ।

पश्चिम भारत क्षेत्रीय रक्तिम कलाकारहरुद्वारा भव्य सांस्कृतिका कार्यक्रम र देउसी भैलो प्रस्तुत गर्नुका साथै दैलेखी नेपाली दाजु भाइहरुले आफ्नो तरिकाले देउसी खेलेका थिए ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार