बसन्त खड्का,
अर्घाखाँची ।अखिल नेपाल जनजाती सम्मेलन अर्घाखाँचीको तेस्रो जिल्ला समेलन शनिबार सन्धिखर्कमा सम्पन्न भएको छ । अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रीय अध्यक्ष निमबहादुर बुढाको प्रमुअ आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
सम्मेलनले जनक पुनको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । समितिको उपाध्यक्षमा गोकर्ण मुखिया, सचिवमा बिष्णु सारु, सह–सचिव बसन्त घर्ती र कोषाध्यक्षमा कमला थापा चयन हुनुभएको छ । सदस्यहरुमा हरि आले, महेश पुन, नरबहादुर सारु, शुसिला बैजाली, मिजास सोमरे, हिमा थापा, ठाकुर घर्ति र बिशाल थापा रहनुभएको छ ।

कार्यक्रममा सम्मेलनका महासचिव उषा पुन, केन्द्रीय सदस्य अम्मरध्वज राना, राष्ट्रिय जनमोर्चाका नेता शेर बहादुर विसी, झविलाल थापा, जिल्ला अध्यक्ष थम्मन केसी, नेकपा (मसाल) का जिल्ला प्रवक्ता पशुपति ढकाल, अखिल नेपाल टे«ड युनियन (अन्टुक) का केन्द्रीय उपाध्यक्ष गोविन्द विसी, अखिल नेपाल शिक्षक संघका केन्द्रीय कोषाध्यक्ष टेक बहादुर थापा, अखिल नेपाल किसान महासंघका जिल्ला अध्यक्ष जीवनारायण खनाल, अखिल नेपाल महिला संघका जिल्ला सचिव कल्पना पोख्रेल लगायतले सम्बोध गर्नुभएको थियो ।
अध्यक्ष जनक पुनको अध्यक्षता,गोकर्ण मुखियाको स्वागत मन्तव्य र बसन्त घर्तिको सञ्चालनमा सम्पन्न सम्मेलन सम्पन्न भएको थियो ।
















