नयाँ दिल्ली । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिम भारत क्षेत्रीय समितिका उपाध्यक्ष कृष्ण कुँवरका पिता दिपसिंह कुँवर उर्फ गोरबहादुर कुँवरप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । पश्चिम क्षेत्रीय समितिअन्तरगत पर्ने वापी (पश्चिम) नगर समितिको आयोजनामा शोक सभाको आयोजना गरिएको हो ।
कुँवरको यही पुस ४ गतेका दिन ७८ वर्षको उमेरमा अछाम जिल्ला साँफेनगर नगरपालिका–८ गैरागाउमा निधन भएको थियो । नगर अध्यक्ष निखिल रावतको अध्यक्षता तथा उपाध्यक्ष देवेन्द्र रावलको सन्चालनमा सम्पन्न शोकसभामा केन्द्रीय सदस्य गोविन्दबहादुर थापाको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रम पश्चिम भारत क्षेत्रीय अध्यक्ष बेदबहादुर कार्की, पश्चिम भारत क्षेत्रीय महिला अध्यक्ष रमकला काउछा, क्षेत्रीय समिति सहसचिव प्रविन काउछा, केन्द्रीय सल्लाकार सदस्य श्रीधर शर्मा, दमन नगर अध्यक्ष शेरबहादुर विक, सिलवासा नगर सचिव दिपेश लिम्बू, वापी नगर पूर्वका सचिव गनबहादुर राना, वापी नगर पश्चिम महिला विभाग सचिव तारा रावत, क्षेत्रीय समितीका सदस्य बाबुराम दहितलगाएतको आतिथ्यता रहेको थियो ।
















