केरला पल्लुरुती एरिया समिति गठन

कोचिन । २० अक्टोबर २०१९ का दिन मूल प्रवाह अखिल भारत नेपाली एकता समाज कोचिन नगर समिति अन्तर्गत पल्लुरुती एरिया समितिको पुर्नगठन नगर सचिब जनक बिसिको उपस्थिति र नगर सदस्य शेर बहादुर विकको पहलमा सम्पन्न भएको छ । शेर बहादुर विकको अध्यक्षतामा ९ पुर्ण ३ वैकल्पिक र ७ सल्लाहकार गरि १९ सदस्यीय एरिया समिति गठन गरिएको छ । जसमाः उपाध्यक्ष लाल बहादुर विक, सचिव केबि विक, सहसचिव गणेश सुनार, कोषाध्यक्ष रमेश ओड रहनु भएको छ ।

सदस्यहरुमा शेर बहादुर विक (वी), सुरज विक, देव बहादुर विक, लक्ष्मण विक, वैकल्पिक सदस्यमाः रोहित विक, टेक बहादुर विक, प्रेम विक रहनु भएकोछ । त्यस्तै भेलाले प्रेम पार्की, पदम बिक, दिपेन्द्र भा“ट, मनिस बिक, कृष्ण बिक, बालाजी बिक र सुशान्त बिकलाई सल्लाहकार चयन गरेको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार