सुरत । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिम भारत क्षेत्रीय समितिद्वारा सञ्चालित सुरत नगर समिति अन्तर्गत कडोद्रामा टोल समिति गठन गरिएको छ । केन्द्रीय सदस्य गोविन्द बहादुर थापाको विशेष उपस्थिति तथा क्षेत्रीय सदस्य खड्क बोगटी र सुरत महिला नगर विभागकी गिता बस्यालको पहलमा सो समिति गठन गरिएको हो । जसमाः अध्यक्ष– शान्ती थापा, सचिव– विष्णु कुँवर र सदस्यहरु क्रमशः हेमा कुँवर, संगिता विक, अजय कामी, सुन्तली विक, दुर्गा चलाउने, सुमन विक र राधा कामी रहनुभएको छ ।
















