विष्णा पाण्डेप्रति भावपूर्ण श्रद्धाञ्जली

खिमराज चालिसे,

चंडिगढ, २१ जनवरी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चंडिगढ नगर समितिद्धारा संचालित महिला नगर विभागकी सदस्य बिष्णा पांडेको हिजो वेलुका अचानक दुखद निधन भएको छ ।

दाङ जिल्ला, लमहि नगरपालिका वार्ड नम्बर १ कौडिया निवासी तथा मूल प्रवाहका कार्यकर्ता पदम पाण्डेको ३३ वर्षीय श्रीमती विष्णा पाण्डे लामो समयदेखि मूल प्रवाहको सदस्य तथा गत ३ वर्षदेखि महिला नगरको सदस्य हुनुहुन्थ्यो ।

वहाँ एकछोरा एकछोरी र श्रीमान सहित करिव १५ वर्षदेखि चंडिगढमा बस्दै आइरहनु भएको थियो । अचानक झाडावान्ता लागेर अस्पतालमा पुराएपछि उपचार कै क्रममा दुखद निधन भएको हो ।

विष्णा पाण्डेको निधनप्रति मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चंडिगढ समिति तथा महिला नगर विभाग चंडिगढले भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै सोक संतप्त परिवार प्रति गहिरो शोक संवेदना प्रकट गरेको छ ।

पाण्डेको अंतिम संस्कार तथा शोकसभा पारिवारिक सदस्यहरु, मूल प्रवाहका कार्यकर्ता समर्थक, शुभचिन्तक समेत सयौंको उपस्थितिमा सम्पन्न गरिएको छ ।

मूल प्रवाहका केन्द्रीय सल्लाहकार तथा नेपाली समाचार संयोजक खिमराज चालिसेको सञ्चालनमा सम्पन्न शोकसभाको अध्यक्षता मृतकका देवर थानेश्वर पाण्डेले गर्नुभएको थियो ।

उपस्थित सबैले दुइ मिनेट मौनधारण गरिएको सभामा मूल प्रवाहका केन्द्रिय सदस्य दिनेश खडका, केन्द्रिय सल्लाहकार तिलक पौडेल, क्षेत्रीय सदस्य प्रेम आचार्य, क्षेत्रीय सल्लाहकार एंव महिला क्षेत्रीय विभागकी सचिव जुना चालीसे, जनजाति नेता थमन थापा, महिला क्षेत्रीय विभागकी सिमा खडका, महिला क्षेत्रीय सदस्य एंव नगर संयोजक माया आचार्य, सचिव जमुना खनाल, मूल प्रवाह नगर अध्यक्ष मानबहादुर केसी, सचिव तेज बहादुर रोका, विद्यार्थी केन्द्रिय सदस्य विष्णु बेल्वासे, एडवोकेट तथा विद्यार्थी क्षेत्रीय अध्यक्ष माधव पोख्रेल लगाएत नगर एरिया तथा टोलका कार्यकर्ताहरु समेत पारिवारिक सदस्यहरु र विभिन्न सामाजिक व्यक्तीत्वहरुको बाक्लो उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार