जिन्दावाद जिन्दावाद

जुना चालिसे, चंडीगढ

जन्मीयो मूल प्रवाह भारत प्रवासमा ।
चम्कीयो मुस्कान आज सवैको मुहारमा ।।
जिन्दावाद जिन्दावाद मूल प्रवाह जीन्दावाद ।
प्रवाशी नेपाली उठाउ सबैले अब हात ।।

दुःख र पिडामा हामी छटपदिदा पनि ।
क्रान्ती छोड्दैनौं रक्त आहालमा लडे पनि ।
उठने छौं, जुटने छौं, कहिल्लै झुक्दैनौं ।
वरु मर्छौ गोली खाई लुक्दै लुक्दैनौं ।।

शोषक जाली फटाहाको अन्त्य गर्ने छौं ।
नया जनवादी क्रान्तिको शुरुवात गर्ने छौं ।।
संख्या भने हामी अझै पनि अति थोरै छौं ।
सात जनाको संगठन अब लाखौं भयछौं ।।

७ नोभेम्वर १९७९ को मूल प्रवाह हाम्रो ।
साझा संस्था निर्माण भयो अती नै हो राम्रो ।।
सुमित्रा हत्या काण्ड, हेमराज आरुषी काण्ड ।
कश्मीर हत्या काण्ड, आसामको काण्ड ।।

सयौं मुद्धा हजारौंको न्यायमा लडदैछ ।
हाम्रो मूल प्रवाह यसरी अगाडि वढदैछ ।।
राष्ट्रियता रक्षार्थ संधै लडिरहेको छ ।
मताधिकारको संघर्ष नि गरिरहेको छ ।।

राष्ट्र बचाउन आन्दोलन गरि नै रहेछ ।
संघीयता विरुद्धमा संधै नै डटि रहेछ ।।
झुक्दै न झुक्ने कदम अघी बढिरहने छ ।
जनवादी क्रान्तिको उद्घोष गरि रहनेछ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार