तिलक थापा,
बागलुङ । अखिल नेपाल जनजाति सम्मेलन बागलुङको सातौं जिल्ला अधिबेशन शुक्रबार सम्पन्न भएको छ । नेपाल मगर संघको सभाहल बागलुङ बजारमा सम्पन्न कार्यक्रमको उद्घाटन अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रीय अध्यक्ष निमबहादुर बुढाथोकीले गर्नुभयो ।
क्रममा उद्घाटन मन्तब्य व्यक्र गर्दै बुढाथोकीले नेपालका आदिबासी जनजातीहरुलाई राजनैतिक, आर्थिक, सामाजिक र सांस्कृतिक रुपले उत्थान गरी राज्यको मूलधारमा नल्याउँदासम्म देशको समग्र विकास हुन नसक्ने बताउनु भयो । जनजातीहरुको समस्या विशुद्ध जातीय समस्या मात्र नभई वर्गीय मुक्ति आन्दोलनसँग जोडिएको बताउँदै सहि राजनीति अंगिकार गरेको पार्टी नेकपा (मसाल)ले मात्र जनजातीहरुको समस्यालाई सम्बोधन गर्न सक्ने बताउनु भयो ।
उहाँले नेपालको हरेक राजनैतिक आन्दोलनमा जनजातीहरुको महत्त्वपूर्ण भूमिका रहेको बताउँदै ओली सरकारको निरङकुश कदमविरुद्ध पनि सशक्त आन्दोलन गर्नुपर्नेमा जोड दिनु भयो ।
कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य राजेन्द्र ढुङगाना, बागलुङ जिल्ला अध्यक्ष अमर थापा, अखिल नेपाल युवक संघका केन्द्रीय सल्लाहकार तिलक थापा, नेकपा (मसाल) बागलुङका प्रवक्ता मेकबहादुर पाईजा, अखिल नेपाल महिला संघका केन्द्रीय उपाध्यक्ष लक्ष्मी बास्कोटा, अखिल नेपाल बुद्धिजिवी संघका उपाध्यक्ष काजीगाँउले श्रेष्ठ, नेपाल मगर संघका प्रतिनिधि हिरा बहादुर थापाले अधिवेशन सफलताको शुभकामना दिनु भएको थियो ।
अधिवेशनमा राष्ट्रिय जनमोर्चा बागलुङका उपाध्यक्ष धर्म कुँवर, अखिल नेपाल जनजाती सम्मेलन केन्द्रीय सदस्य रामबहादुर पुन, तमबहादुर घर्ती, जातीय समता समाज बागलुङका जिल्ला सदस्य गोबिन्द लाल बिक, राष्ट्रिय जनमोर्चा बागलुङका सदस्य थानेश्वर सुवेदी, अखिल नेपाल जनजाति सम्मेलन गण्डकी प्रदेश सदस्य तुलबीर श्रीस, लुम्बिनी प्रदेश सदस्य बिमल श्रीस, अखिल नेपाल राष्ट्रिय खेलकुद महासंघका केन्द्रीय सदस्य कुशल बुढा, बरेङ गाउँपालिका वडा नं.१ का वडा अध्यक्ष नरसिंह थापा लगायतको आतित्थ्यता रहेको थियो ।
उद्घाटन समारोहपछि शुरु भएको बन्दसत्रमा जिल्ला अध्यक्ष लालबहादुर पुनले संगठनात्मक प्रतिवेदन, बिशेष प्रस्ताव सचिव तिलबहादुर गुरुङ र आर्थिक प्रतिवेदन कोषाध्यक्ष तमबहादुर घर्तीले प्रस्तुत गरी हाउसबाट पारित गरिएको थियो ।
सातौं जिल्ला अधिवेशनले लाल पुनको अध्यक्षता ९ पूर्ण, २ वैकल्पिक र ३ सल्लाहकार रहेको जिल्ला समिति चयन गरेको छ । जसको उपाध्यक्ष ओमबहादुर पुन, सचिव तुलबिर श्रीस, सहसचिव तिलबहादुर गुरुङ, कोषाध्यक्ष तमबहादुर घर्ती, सदस्यहरुमा नरसिङ थापा, निमबहादुर भुजेल, थम्मन पुन, होमबहादुर पुन वैकल्पिक सदस्यहरु लाल बहादुर सिंजाली, तुक बहादुर पुन र सल्लाहकारहरुमा गंगा थापा, सबिन श्रीस, सह बहादुर छन्त्याल रहनु भएको छ ।
उद्घाटन कार्यक्रम जिल्ला अध्यक्ष लालबहादुर पुनको अध्यक्षता, सचिव तिलबहादुर गुरुङको सञ्चालन र सहसचिव सुरेश रानाले स्वागत मन्तव्यमा सम्पन्न भएको थियो । भने नव निर्वाचित जिल्ला समितिलाई अखिल नेपाल जनजाती सम्मेलनका केन्द्रीय अध्यक्ष निमबहादुर बुढाथोकी, केन्द्रीय सदस्य रामबहादुर पुन, लुम्बिनी प्रदेश सदस्य बिमल श्रीसले बधाई दिनु भएको थियो ।
















