कुल्चिन नखोज नयाँ संविधान

रचना : हेम बिजी

च्यात्न नखोज नयाँ संविधान
घाईते हुनेछन् तिम्रा औंलाहरु पनि
किनकि
पातलो कागजले होईन
नयाँ संविधान
बलियो धातुले बनेको छ !

कुल्चिन नखोज नयाँ संविधान
घाईते हुनेछन् तिम्रा पाउहरु पनि
किनकि
कोमल माटोले होईन
नयाँ संविधान
कडा पत्थरले बनेको छ !

मेटाउन नखोज नयाँ संविधानका अक्षरहरु
तिम्रो हजारौं पानीका गाग्रीहरु
रित्तिने छन्
किनकि
कालो मसिले होईन
नयाँ संविधान
शहिदको रातो रगतले लेखेको छ !

तिमी जस्तै
दुनियाँका निरंकुस बादशाहहरु
उखेल्न खोज्छन् नयाँ संविधानका धाराहरु
निमोठ्न चाहान्छन्
नयाँ संविधानका बुँदाहरु
र हत्या गर्न हतारिन्छन्
सिङ्गै संविधानको मुटु र मर्महरु !

तर
हाम्रो नयाँ संविधान
गणतन्त्रको आँगान भरि
लोकतान्त्रिक धातुका बोटहरुमा
प्रजातान्त्रिक पत्थरका फुलहरु बनेर
फुलिरहेको छ
त्यसैले
कुनै निरंकुस बादशाहले पनि
भाँच्न सक्दैन
हाम्रो नयाँ संविधान बोटहरु
र च्यात्न सक्दैन
हाम्रो नयाँ संविधानका फुलहरु !!

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार