राजस्थानको जयपुर र भिवाडीमा स्थापना दिवस मनाइयो

जयपुर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको ४०औं स्थापना दिवस मध्य पश्चिमोत्तर क्षेत्रीय समिति अन्तर्गत जयपुर उत्तर एवं दक्षिण नगर समितिले संयुक्त रुपमा भब्य रुपमा मनाएको छ । रिम रानाको सञ्चालन, मंगल सिंह खडकाको अध्यक्षताबाट शुरु भएको कार्यक्रममा ज्ञात अज्ञात शहिदको संझनामा एक मिनट मौन धारण पछि ओम थापाले स्वागत मन्तव्य दिनुभएको थियो ।

केन्द्रीय सदस्य मोहन गिरी, मध्य पश्चिमोत्तर क्षेत्रीय समितिका अध्यक्ष बेल बहादुर रजाली, सचिव नारायण ग्यवाली, केन्द्रीय महिला विभागकी हुमा रजालीले अतिथीको आसन ग्रहण गर्नुभएको थियो ।

कार्यक्रमा जयपुर दक्षिणबाट दीपक थापा, जयपुर उत्तरबाट गोरबहादुर थापा, जनजाति क्षेत्रीय विभागबाट बलबहादुर खासु, विद्यार्थी जयपुर दक्षिणबाट मोहन श्रेष्ठ, महिला विभाग जयपुर उत्तरबाट सीता बोहरा, प्रमिला श्रेष्ठ, सम्झना खत्री, लालकोठी टोल समितिबाट भीम श्रेष्ठ, अनीस श्रेष्ठ, निरु श्रेष्ठ, जौहरी बाजार टोल समितिबाट प्रदीप खडका, महिला विभाग जयपुर दक्षिणबाट माया थापा, धनमाया थापा लगायत अतिथिहरुले शुभकामना मन्तव्य दिनुभएको थियो ।

भिवाडी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजक भिवाडी नगर समितिले ४०औं स्थापना दिवस भब्य रुपमा मनाएको छ । मन्जु पोखरेलको सञ्चालन तथा देवमया बगालेको अध्यक्षयता एवं अतिथीहरु क्षेत्रीय सदस्य वसन्त श्रेष्ठ, राम प्रसाद घिमिरे, किशोर राईको आसन ग्रहण पछि ज्ञात अज्ञात शहिदको एक मिनट मौनधारण पछि लक्ष्मी भट्टराईले स्वागत मन्तब्य दिनुभएको थियो ।

क्षेत्रीय समितिका सदस्य बसन्त श्रेष्ठ, रामप्रसाद घिमिरे, किशोर राई, नगर महिला बिभाग सदस्य मोहालक्ष्मी श्रेष्ठ, तेर्हान टोल समितिबाट काशिराम पार्धे, हाउसि· बोर्ड टोल समितिबाट चुरामणी पोखरेल, धारुहेडा टोल समितिबाट फुलमाया कुमाल लगायतले मन्तव्य दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार