धर्म पहरी
बेंगलोर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज बेंगलोर जेपि नगर एरिया समितका सदस्य कबिर बिकको दुःखद निधन भएको छ । कबिर बिक भलिबल खेलाडी एवं तात्कालिन जातिय समता समाज नगर समितिका सदस्य समेत रहेका थिए ।
७ फरवरी २०२१ का दिन शहरको नगबारा भन्ने ठाउ“मा आप्mनै गाउ“ घरका सबै साथिहरु बिच भेटघाट गरेका थिए । दिनको करिब २ः३० सबैले चिया नस्ता खानको लागि बाहिर आएर जुसखान लाग्दै गर्दा अचानक हृदयघातका कारण मृत्यु हुन पुगेको प्रत्यक्ष दर्शिहरुले बताएका छन् ।
मृतक कबिर बिकको ८ फरवरीका दिन लालबाग अर्यघाटमा दिउ“सो १ः३० दाहसंकार गरिएको छ । मूल प्रवाह दक्षिण नगरका सचिब नरेश कुमार बिकको सञ्चालनबाट अगाडि बढेको शोकसभामा कबिर बिकलाई बेंगलोर दक्षिण नगर समितिका अध्यक्ष किशन बिक क्षेत्रीय सहसचिब राम सिंह बिक र एकता मञ्च केन्द्रीय सदस्य दिपक बिकले श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो ।
श्रद्धाञ्जली कार्यक्रममा मूल प्रवाहका क्षेत्रीय सल्लाहकार सदस्य करन दयाल, क्षेत्रीय प्रतिनिधि धर्मराम विक, विद्यार्थी नेता प्रकाश दयाल, प्रकाश बिक, महिला नेतृ पार्वति बिक, कलावति दयाल, मिना बिक लगायत समाजका कार्यकर्ताहरुले मृतक कबिर विकप्रति श्रद्धान्जली प्रकट गर्नुभएको थियो ।
















