आगरा । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, नगर समिति, आगरा अन्तर्गत सञ्चालित इन्डष्ट्रीयल एरिया सिकन्द्रा एरिया समितिको पुनर्गठन गरिएको छ । आगरा नगर समितिका अध्यक्ष मिठू के.सी.को अध्यक्षतामा सम्पन्न बैठकमा राम बहादुर के.सी. क्षेत्रीय सदस्य धु्रव शाहको रहेको थियो ।
मीन बहादुर सोनी, मोहन भण्डारी, भीमराज, दीपक रायमाझी र अनिल रसाईलीले भेला सफलताको शुभकामना मन्तव्य दिनुभएको थियो ।
भेलाले मीन बहादुर सोनीको अध्यक्षतामा एरिया समिति चयन गरिएको छ । जसमा : उपाध्यक्ष– भीमराज, सचिव– मोहन भण्डारी, उपसचिव– किशन र कोषाध्यक्ष– लाल बहादुर रहनुभएको छ । त्यस्तै सदस्यमाः माया देवि, गायत्री भण्डारी, दीपक रायमाझी, कृष्ण परियार, लक्ष्मी देवि, अनिल रसाईली, पिंकी राना, कालू राम, कर्ण बहादुर गुरुङ, बैकल्पिक सदस्यमा: पूरन, रामू, माया, शान्ता र शान्ती रहनुभएको छ ।
त्यस्तै भेलाले विशाल परियार, तारा मगर, गंगा राम, सन्तोष परियार, कमल रसाईली, प्रेम बहादुर, सोनू रावत, पायल, राधिका र विजय परियारलाई सो समितिको सल्लाहकार चयन गरेको छ ।
















