टुलु टुलु हेरेर बस ए सरकार

जुना चालिसे (चंडिगढ)

टुलु टुलु हेरेर बस ए सरकार
छोरी तिम्रो त हुँदै होइन,
तिमीसँग त राजगद्दी छ,
तिम्रो छोरी पनि सुरक्षित छन् ।
तर अरुको त छोरी नै होइन र ?
टन्न पैसा खुवाएर न्याय बिक्ने मेरो देश,
यता
सडक पेटीमा न्यायको भिख माग्दै छन् नारी, कसले सुन्छ र हाम्रो ?
आज देशमा बलात्कार, हत्या हिंसा बढिरहेको छ,
बलत्कार मात्र होइन टाउकै फुटाई दिने,
शरिरको हरेक अंगमा यातना दिने
अनि असह्य पीडा दिने
ए सरकारका अन्धभक्त पीडितको पक्षमा बोल्नेलाई जेल कोच्ने,
कसरी कहा गएर हो पीडीतले न्याय खोज्ने,
न्यायको निम्ती बोल्नै नहुने,
सरकारको कालो करतुत खोल्नै नहुने ।

टूलुटुलु बसेर हेर ए सरकार,
मरे मर्छन चेली तिमीले त कुर्सी छोड्नै नहुने
एउटा नारी राष्ट्रपती भएको मेरो देश,
खुसीले गदगद हुनुपर्ने
तर
बिडम्बना दिनहु नारी बलत्कृत भएर मर्नुपर्ने,
नारीको रसाएको आँखा
लाखौं आमाको रित्तीएको काख
कतीलाई स्याल गिद्ध कुकुरले जस्तै लुछेका छन्
सुरक्षीत छैनन् नारी स्यालले कुखुरा ढुकेझैं ढुकेका छन्
कतीलाई रड घोपेका छन् ।
कठै !!
सास फेर्न पनि दिदैनन् शरीरमा लुछेका छन्,
धनीले मात्र न्याय पाउने शासन छ,
यहा पैसा मै त सबै बिकेकै छ,
नफासी हुन्छ नत मृत्युदण्ड
राक्षसले रगत खान सिकेकै छ,
कसैलाई सिलोटो र लोहोरोले थिचेका छन्
कतिलाई ढुंगा मुडाले पिटेकै छन्,
केही गर्न नसकेर निरास हुँदा मुटु दुखेको छ अझै
स्कुलबाट घर फर्कनु छैन
अफिस अनि घर
कसरी बाच्ने होला
चेली हामलाई सधै त्रास, डर,
न्याय दिलाउन त सायद सक्तीन होला,
शब्द लेखेको छु
टुलुटुलु हेरेर बस्नु ए सरकार,
तिम्रो दृष्टिकोण पनि देखेकै छु ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार