भिवाडी एरिया समिति गठन

भिवाडी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति भिवाडी अन्तर्गत यू.आ.टि एरिया समितिको ७ फरवरी २०२१ का दिन गठन गरिएको छ ।

नगर सदस्य काजी राम श्रेष्ठ, किशोर राई र राम बहादुर थापाको बिशेस पहलमा गठन भएको सो एरिया समितिमा अध्यक्ष– राजु खत्री, सचिव– नारायण तिवारी र कोषाध्यक्ष– राम कुमार नेपाली रहनु भएको छ ।

त्यस्तै सदस्यहरुमा क्रमशः राजु बुढामगर, निरोज खत्री, होम बहादुर कुमाल र एक स्थान रिक्त रहने गरि सो एरिया समिति गठन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार