पश्चिम भारतमा अधिकांस नगरहरुमा प्रशिक्षण कार्यक्रम सम्पन्न

गुजरात । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिम भारत क्षेत्रीय समिति अन्तर्गत विभिन्न नगर समितिहरुका प्रशिक्षण सम्पन्न पारिएको छ ।

समाजका महासचिव ठाकुर खनाल, केन्द्रीय सदस्य गोविन्द थापा, भिमसिंह विष्ट, क्षेत्रीय अध्यक्ष वेदबहादुर कार्की, उपाध्यक्ष कृष्ण कु“वर, कोषाध्यक्ष श्रीधर शर्मा, महिला नेतृ रमकला काउछा लगायतका विभिन्न नेता कार्यकर्ताहरुको सहभागितामा फरक फरक मितिमा प्रशिक्षण कार्यक्रम सम्पन्न पारिएको हामीलाई क्षेत्रीय अध्यक्ष वेद बहादुर कार्कीले जानकारी दिनुभएको छ ।

क्षेत्रीय  समिति  अन्तरगत सिलवासा, वापी पूर्व, वापी पश्चिम, दमन, नाडियाड र अहमदावादमा महासचिव ठाकुर खनालको विशेष उपस्थितिमा प्रशिक्षण कार्यक्रम सम्पन्न पारिएको हो । त्यस्तै सचिन र सुरतमा आगामी आइतबार प्रशिक्षण कार्यक्रम हुने बताइएको छ ।

प्रशिक्षणमा देशको तत्कालिक राजनीतिक परिस्थिति , भारत प्रवासमा नेपालीहरुले भोग्नु परेका विभिन्न प्रकारका समस्याहरु र सामाधान, संगठनले खेल्दै आएको भुमिकाको बारेमा प्रशिक्षण चलाइएको थियो ।

सिलवासमा सम्पन्न भएको प्रशिक्षण कार्यक्रम नगर सदस्य दिलीप खरेलको सञ्चालन, नगर अध्यक्ष छोटेलाल चौधरीलेको अध्यक्षतामा अघि बढेको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार