गुडगावमा टोल भेला सम्पन्न

गुडगाव । दिनांक २ फरवरी २०२१ का दिन मूल प्रवाह अखिल भारत नेपाली एकता समाज गुरुग्राम नगर समिति अन्तरगर्त पुर्बी एरिया समितिद्वारा संचालित सेक्टर ५७ टोल समितिको बार्षिक भेला क्षेत्रीय समितिबाट कमल रायमाझीको विशेष उपस्थितिमा सम्पन्न भएको थियोे । उक्त भेलाले ७ सदस्यीय सेक्टर ५७ टोल समिति गठन गरिएको छ । जसमाः अध्यक्ष– रमा रेश्मी मगर, सचिव– निसान घर्ती मगर, कोषाध्यक्ष– भगवती घर्ती मगर त्यस्तै सदस्यहरुमा रुपसिंह रेस्मी, अन्जु रेस्मी, माया घर्ती मगर र रिता पौडेल रहनुभएको छ ।

त्यसैगरि सोही नगर र एरिया समितिद्वारा सञ्चालित बिजय नगर टोल समितिको बार्षिक भेला लाल बहादुर रानाको अध्यक्षता जित बहादुर बिकको सञ्चालनमा सम्पन्न भएको छ । भेलामा क्षेत्रीय सदस्य कमल रायमाझी, नगर समितिकी माया बिक आतित्थ्यता रहेको थियो । शहिदहरुको सम्झनामा एक मिनेट मौनधारण पछि अतिथिहरुले शुभकामना दिनुभएको थियो ।

भेलाले लाल बहादुर रानाको अध्यक्षतामा नया“ समिति गठन गरिएको छ । जसमाः उपाध्यक्ष– बलराम केसी, सचिव– होम बहादुर थापा, कोषाध्यक्ष– सुरज कुमार रहनुभएको छ । त्यस्तै सदस्यहरुमा : बलराम केसी, पुनम, जीतबहादुर बिक, नबरत्न केसी र मिथुन सुनार रहनुभएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार