लाडरुम्बई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज लाडरुम्बई नगर समिति अन्तर्गत चारकिलोमा गेजरमान आलेको पहलकदमीमा एरिया समिति गठन गरिएको छ । भेलाको उद्घाटन केन्द्रीय सल्लाहकार अमित केसीले गर्नुभएको थियो ।
हरि केसीको अध्यक्षता र मोहन ठकुरीको सञ्चालनबाट अगाडि बढेको सो भेलामा सहभागिहरुलाई तिर्थबहादुर राईले स्वागत गर्नुभएको थियो । भेलाले लोकेन्द्र सुब्बाको अध्यक्षतामा ११ सदस्य चारकिलो एरिया समिति गठन गरिएको छ । जसमाः उपाध्यक्ष– विकास खत्री, सचिव– कविन्द्र चोमजोङ, उपसचवि– मोहन राई र कोषाध्यक्ष– चन्द्र राई रहनुभएको छ । त्यस्तै सदस्यहरुमाः गेजरमान आले, कृष्ण कार्की, चारसुरे लिम्बु, गंगा सुब्बा, भिम सुब्बा र गोविन्द कोइराला रहनुभएको छ । नयाँ समितिको घोषणा प्रमुख अतिथि केन्द्रीय सल्लाहकार अमित केसीले गर्नुभएको थियो ।
















