हनुमानगढ नोहरमा एरिया समिति गठन

खिमराज चालिसे

हनुमानगढ, १४ फरवरी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सुदुरपश्चिमोत्तर क्षेत्रिय समितिद्धारा संचालित हनुमानगढ नगर समिति अन्तर्गत नोहरमा एरिया भेला सम्पन्न गरिएको छ ।

सुदुरपश्चिमोत्तर क्षेत्रीय सदस्य एंव श्रीगंगानगर नगर अध्यक्ष गिरुप्रसाद न्यौंपाने, श्रीगंगानगरका पूर्व नगर अध्यक्ष शिवप्रसाद पोख्रेल, रक्तीम केन्द्रीय विभागका सदस्य हुकुम बहादुर जीसीको विषेश उपस्थितिमा गठन गरिएको सो एरिया समितिमा अध्यक्ष– कृष्णकांत बहादुर जीसी, उपाध्यक्ष– दानप्रसाद सुवेदी, सचिव– तुल्सीराम सुवेदी, सहसचिव– शिब बहादुर महतारा, कोषाध्यक्ष– शिबा पोख्रेल सुवेदी र सदस्यहरुमा वर्षमान बस्नेत, गुमान सुवेदी, राम बस्नेत र गोबिन्द बहादुर जिसी गरि ९ सदस्यीय एरिया समिति गठन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार