संयुक्त भेला सम्पन्न

बागलुङ । राष्ट्रिय जनमाेर्चा र नेपाल कम्युनिस्ट पार्टी (ने.क.पा)का संयुक्त बाम गठबन्धनकाे प्रदेश २काे भेला २०७६ कार्तिक २५ गते बुर्तिबाङ बजारमा सम्पन्न भएकाे छ । भेला राष्ट्रिय जनमाेर्चा बागलुङका अध्यक्ष अमर थापाकाे अध्यक्षता, सञ्चालन नेपाल कम्युनिस्ट पार्टी (ने.क.पा ) जिल्ला सचिव ज्ञामनाथ गैरे, स्वागत भाषण नेपाल कम्युनिस्ट पार्टी (ने.क.पा ) जिल्ला सदस्य तथा ढाेरपाटन नगर प्रमुख देव कुमार नेपालीले गर्नु भएकाे थियोे ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टी (ने.क.पा ) केन्द्रीय सदस्य तथा प्रदेश सचिव गाेविन्द नेपाली, बिशिष्ट अतिथि राष्ट्रिय जनमाेर्चा केन्द्रीय सदस्य तथा जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुङगाना, नेपाल कम्युनिस्ट पार्टी (ने.क.पा ) केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज बलावती शर्मा, नेपाल कम्युनिस्ट पार्टी (ने.क.पा ) केन्द्रीय सदस्य तथा जिल्ला सह ईन्चार्ज मन कुमारी के.सी., साझा बामपंथी उम्मेदवार खिम बिक्रम शाही, नेपाल कम्युनिस्ट पार्टी (ने.क.पा ) जिल्ला अध्यक्ष इन्द्रलाल सापकोटा, नेपाल कम्युनिस्ट पार्टी (ने.क.पा ) प्रदेश सदस्य माेहनलाल शर्मा, प्रेम घर्ती, राष्ट्रिय जनमाेर्चा बागलुङका उपाध्यक्ष धर्म बहादुर कुँवर, नेपाल कम्युनिस्ट पार्टी (ने.क.पा ) जिल्ला सदस्य, शेरमान घर्ती, सुनमाया घर्ती लगायतले मन्तव्य राख्नु भएकाे थियाे । भेलाले अमर थापा संयाेजक र माेहनलाल शर्मा उप संयाेजक रहेको २००१ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेकाे छ ।

साथै वडा भेटघाट तथा उम्मेदवार परिचय कार्यक्रमकाे तालिका तय गरेकाे छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार