मानसिक रोगी नेपाली युवाका आफन्तको खोजीमा मूल प्रवाह

खिमराज चालिसे,

संगरूर, २१ फरवरी २०२१ । भारतको पंजाव राज्यको संगरुरमा एक नेपाली युवक मूल प्रवाहको सम्पर्कमा आएका छन। उनी दिमागी संतुलन ठिक नभएको अवश्थामा रहेको हुदा मूल प्रवाह संगरूरका अध्यक्ष खिमराज पोख्रेलले आफन्तहरुको खोजीकार्यमा सहयोग गरिदिनुहुन सबैलाइ अनुरोध गर्नुभएको छ ।

उनीसंग सोधपुछमा आफु अमर सिह थापाको छोरा प्रेम वहादुर थापा क्षेत्री वर्ष २० को भएको र घर कहिले ओखलढुङ्गा त कहिले काठमाडौं घर बताउने उनलाइ संगरुरको पिगलवाडा(मानसिक रोगीहरु राख्ने आश्रयस्थल)मा राखिएको छ । उनका आफन्तहरुले मूलप्रवाह संगरूरका अध्यक्ष खिमराज पोख्रेल मोवाइल नम्बर +९१-८३६००७५१५७ मा सम्पर्क गर्न आग्रह गरिएको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार