चन्द्रे दमैप्रति हार्दिक श्रद्धान्जली

निलगिरी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, निलगिरी नगर समिति अन्तर्गत कार्यरत उटिस्थित गाजर बारीमा मजदुरी काम गर्दै आउनुभएका पर्बत जिल्ला, जल्जला गा.पा. (१, बारखर्का, साउनेका हस्तबहादुर दमैका छोरा चन्द्रे दमै (उमेर ५८) काम गर्ने क्रममा गत ०७.०२.२०२१ कादिन गाडीबाट खसेर टाउकोमा गम्भीर चोट लागेपछी स्थानीय अस्पतालमा चिकित्सकले उहाँको उपचार गर्न नसक्ने भनेर थप उपचारको लागिले कोयम्बतुरको सरकारी अस्पतालमा पठाएको थियो र उहाँको उपचारको क्रममा गत १४ फरवरी २०२१ का दिन दुःखद निधन भएको छ ।

उहाँको निधन पछि अस्पतालको फर्मलिटिज मिलाएर मूल प्रवाह कोयम्बतुर र निलगिरी नगर समितिका कार्यकर्ताहरुको सहयोगमा उहाँको पार्थिव शरीरलाई उहाँको परिवारलाई बुझायेर कोयम्बतुरस्थित उक्कडमको संसारघाटमा अन्तिम दाहसंस्कार गरि श्रद्धाञ्जली सभा राखिएको थियो । उक्त श्रद्धाञ्जली सभाको सञ्चालन धनबहादुर सुन्दासले गर्नुभएको थियो ।

मृतक चन्द्रे दमैप्रति २ मिनेटको मौनधारण पछि शोक मन्तब्य दिने बक्ताहरु निम्न अनुसार हुनुहुन्छ । श्रद्धान्जली सभामा निलगिरी नगर समितिका टेकबहादुर बिक, कोयम्बटोर नगर सचिव चन्द्रप्रसाद पौडेल, दक्षिण भारत क्षेत्रीय सदस्य बिरे थापा, केन्द्रीय परिषद सदस्य रविशंकर शर्मा र मृतकका छोरा बाबुराम दमै श्रद्धान्जली सभामा मन्तव्य दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार