मृत्यु संस्कारलाई समयानुकुल परिवर्तन गर्नु पर्ने आवश्यक

दाङ । मृत्यु संस्कारलाई समयानुकुल परिबर्तन गर्दै जानू पर्ने कुरामा एक श्रद्धाञ्जली कार्यक्रममा बोल्ने बक्ताहरुले जोड दिनुभएको छ । उक्त कार्यक्रममा राष्ट्रिय जनमोर्चा दाङका अध्यक्ष गणेश आचार्यले जन्म पछिको मृत्यु अनिबार्य भएकोले आफ्नो जीवन लामो बनाउनको लागि समाजले युगौयुग सम्झने समाजिक काम गर्नु पर्ने कुरामा जोड दिनु भएको थियोे ।

राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल ट्रेड युनियन महासंघ अन्टुकका जिल्ला कोषाध्यक्ष बुद्ध रामजालीको बुवाको मृत्युको सातौं दिनमा भएको श्रद्धाञ्जली सभामा उक्त कुरामा जोड दिइएको थियोे ।

मृतकका जेठा छोरा जुद्दबहादुर नेपालीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा जातीय समता समाजका केन्द्रीय उपाध्यक्ष टीका विकले मन्तब्य राख्नु भएको थियोे । कान्छा छोरा बुद्ध रामजालिले बुवाको परिचय गराउनु भएको थियोे भने कार्यक्रमको सञ्चालन राष्ट्रिय जनमोर्चा घोराही नगर सदस्य रामप्रसाद पोख्रेलले गर्नु भएको थियोे ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार