खिमराज चालिसे,
श्रीगंगानगर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज श्रीगंगानगर नगर समिति अन्तर्गत रहेको महिला नगर विभाग श्रीगंगानगरको आयोजनामा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस कार्यक्रम सम्पन्न पारिएको छ ।
वर्तमान संरचनामा महिला हक अधिकार तथा विभिन्न पहलुमा अतर्राष्ट्रिय श्रमिक महिला दिवसको आवश्यकता र महत्व बारे वक्ताहरुले विचार राख्नु भएको थियो ।
कार्यक्रममा केन्द्रीय सदस्य कृष्ण जीसी, केन्द्रीय सदस्य एंव क्षेत्रीय सचिव त्रिभुवन भट्टराई, महिला क्षेत्रीय कोषाध्यक्ष सुनिता भट्टराई, सदस्य बसन्ता नेपाली, कमला खडका, वाग्मती केसी, क्षेत्रीय सदस्य गिरुप्रसाद न्यौपाने लगाएतले मन्तव्य दिनुभएको थियो ।
कल्पना न्यौंपानेको सञ्चालन र सरस्वता न्यौंपानेको अध्यक्षताबाट अगाडि बढेको सो कार्यक्रममा विभिन्न अतिथिहरुको अतिथि आशन ग्रहण पछि ज्ञात अज्ञात शहिदहरुप्रति १ मिनेट मौनधारण पश्चात कमला खड्काले स्वागत मन्तव्य दिनुभएको थियो ।

















