चेन्नई पश्चिम । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समिति अन्तर्गत चेन्नई पश्चिम र दक्षिण नगर समितिका महिला विभागको तत्वावधानमा ऐतिहासिक १११औं अन्तर्राष्ट्रिय महिला श्रमिक दिवस कार्यक्रम सम्पन्न पारिएको छ ।
सुनिता बस्यालको सञ्चालन र देवी रिजाजको अध्यक्षताबाट अगाडि बढेको सो कार्यक्रम सहभागिहरुलाई नरमाया थापा र कलाकारहरुले स्वागत गर्नुभएको थियो ।
कार्यक्रममा केन्द्रीय सल्लाहकार केवी थापा, सदस्य महेन्द्र बस्याल, दयाराम खनाल, अर्जुन केसी, रन बहादुर थापा, पुष्पा पौडेल, पदम पौडेल, चन्द्रीका पौडेल, बुद्धीराम पौडेल, बिरू नेपाली, सिता खरेल, जमुना आचार्य, पूनम् नेपाली, पद्मा नेपाली, हिरा देवी पौडेल, उजेली पौडेल, बिमला नेपाली, सुनीता आचार्य, नारायणी पोख्रेल, गायत्री थापा लगायतले शुभकामना दिनुभएको थियो ।
















