रोपडमा महिला दिवस मनाइयो

खिमराज चालिसे,

रोपड । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज रोपड नगर समिति अन्तर्गत रहेको रोपड महिला नगर विभागको आयोजनामा १११औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइएको छ ।

८ मार्च श्रमजीवी महिलाहरुको लागि निकै नै महत्वपूर्ण रहेको र यो दिवसले यो पुँजिवादी संरचना विरुद्ध नारीहरुलाइ शशक्त रुपमा उभिन सबै खाले शोषण, दमन अन्यान्यको विरुद्ध संगठित हुन निर्देशन गरिरहेको वक्ताहरुले बताउनु भयो ।

कार्यक्रममा केन्द्रीय सदस्य एंव सुदुरपश्चिमोत्तर क्षेत्रीय अध्यक्ष– प्रेम सापकोटा, सुदुरपश्चिमोत्तर क्षेत्रीय सदस्य छविलाल सापकोटा, खगी थापा, महिला क्षेत्रीय विभागकी अध्यक्ष सिता सापकोटा, सदस्य मञ्जु थापा, जनजाति क्षेत्रीय विभागका बिल बहादुर गुरुङ, नगर समितिका सोभाराम सापकोटा, नगर अध्यक्ष– मनिराम सापकोटा, राधिका सापकोटा, दुल्लुदेवी सापकोटा, प्रजापती सापकोटा, लाल बहादुर थापा, रक्तिम विभागका मदन थापा, प्रतिक्षा थापा, मुना थापा, टिका सापकोटा, भाग्यसुवा गुरुङ, लक्ष्मी सापकोटा, बबिता गुरुङ, हरिकला कडेल, तुल्सी थापा, गिता थापा, दिल कुमारी परियार लगाएत आतित्थ्यता तथा शुभकामना मन्तव्य दिनुभएको थियो ।

रुपा कार्कीको सञ्चालन तथा लक्ष्मी गुरुङको अध्यक्षताबाट अगाडि बढेको सो कार्यक्रममा ज्ञात अज्ञात शहिदहरु संझनामा १ मिनेट मौनधारण पश्चात सकुन्तला थापाले स्वागत गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार